प्रदेश २ सरकारका यी मन्त्रीहरुले मनाए संविधान दिवस

  • असोज ३, २०७८ | ७२६ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, असोज ३ गते । असोज ३ गते आज सातौं संविधान दिवस मनाइँदै छ । तर संविधान दिवस मनाउने विषयमा प्रदेश २ सरकारमा मन्त्रीहरु विभाजित भएका छन् ।

सत्ताको नेतृत्व गरिरहेका जसपाका मन्त्रीहरु विभिन्न जिल्लामा भइरहेको संविधानमा त्रुटि विषयका छलफलमा सहभागि भएका छन् भने सत्ता साँझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका मन्त्रीहरु संविधान दिवस मनाएका हुन् ।

सात्ता साँझेदार दल काँग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र माओवादी केन्द्रका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले सरसफाइ कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।

मन्त्री यादव जनकपुर स्थित नोचा पोखरीमा काँग्रेस नगर समितिदुवारा आयोजित सरसफाई कार्यक्रममा सहभागि भइ संविधान दिवस मनाएको टुडेपाटीलाई बताए ।

मन्त्री साह प्रदेश सरकारकै मन्त्रालय तथा आबास रहेको मधेश भवन परिसरमै कर्मचारीहरुले आयोन गरको सरसफाई कार्यक्रममा सहभागि भएका थिए ।

कर्मचारीले आयोजन गरेको सरसफाई कार्यक्रममा सरिक भएर संविधान दिवस मनाएको उनले टुडेपाटीलाई बताए ।

जसपाका मन्त्रीहरु विभिन्न जिल्लामा संविधान दिवसकै अवसरमा संविधानमाथिको त्रुटि विषयमा छलफलमा सहभागि भएका हुन् । सिरहाको कार्यक्रममा आफु सहभागि भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले टुडेपाटीलाई जानकारी दिए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब