श्रीमतीकै योजनामा श्रीमानको हत्या भएको खुलासा, श्रीमती पक्राउ

  • असोज ४, २०७८ | ७६० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ४ असोज । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका करिव ४० वर्षिय दुखरण महराको हत्या अभियोगमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको छ ।

अनुसन्धानको क्रममा हत्या योजनाका मूख्य योजनाकार रहेको भन्दै प्रहरीले दुखरण श्रीमती हरिहरदेवी महरा लाई नियन्त्रणमा लिएको हो ।

महराकी पत्नीले उपचारको बाहानामा भारत, जयनगर पुर्याई भारतिय नागरीक मुकेश यादवको समूहलाई ६० हजार दिएर आफ्नै श्रीमानको कर्तव्य गरी हत्या गराएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शुवास बुढाथोकीले जानकारी दिए । पक्राउ गरिएका महरालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको प्रवक्ता बुढाथोकीले जनाएको छ ।

महराको शव भारत विहारको मधुवनि जिल्ला अन्तर्गत जयनगर बजार नजीकै गत भदौ १९ गते फेला परेको थियो । महराको शव धारीलो हतियारले घाँटी रेटिएको र शरिरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।

यसरी भएको थियो महराको हत्या :
अं. २ बर्ष अगाडी हरिहरदेवी पाठेघरको अप्रेशन गर्न भारत जयनगर स्थित अस्पातलमा गएको बेलामा सोही अस्पतालको Ambulance चालक भारतीय  नागरिक मुकेश यादव सँग चिनजान भएको र सो चिनजान पछी प्रेममा परिणत भए पश्चात निज हरिहरदेवीले आफ्नो प्रेमि मुकेश यादवसँग मेरो श्रीमानले मलाई धेरै दुख दियो उसलाई मार्नु पर्यो भनि सल्लाह गर्दा निजको प्रेमीले भारतिय १ लाख रुपैंया लाग्छ भनेकोमा म सँग त्यति धेरै पैसा छैन, म ४०।५० हजार सम्म दिन सक्छु भनी हत्याको योजना बनाएको थियो ।

योजना कार्यान्वयन :
श्रीमानको हत्या गराउन आवश्यक रकम व्यबस्थापन गर्नको लागि  घर खर्चको अभाव भयो ऋण निकाल्नु पर्यो भनि श्रीमान सँग सल्लाह गरि मिति २०७८।०५।१७ गते गोलबजार स्थित छिमेक लघुबित्तबाट रु। ६०,०००।– ऋण लिए पश्चात मलाई सन्चो भएन, भारतको जयनगर गई उपचार गरौं भनि श्रीमानलाई फकाई भारत लगेको र सोही बिचमा सिरहा माडरमा पुगेर फोन मार्फत निजको प्रेमीलाई हामी भारत आउँदैछौं , योजना मुताबिकको हत्याको लागि तिमिलाई आवश्यक पर्ने रकम मृतकको खल्तीमा नै  छ भनि जनकारी गराएको । साँझ अं। १८स्०० बजे जयनगर रेलवे स्टेशनमा पुगेर चिया पसलमा चिया खान बसेको ठाउँमा निजको भारतिय प्रेमी आई ३ जना सँगै बसी चिया खाएर मृतकलाई खाजा नास्ता गर्न जाउँ भनि मुकेश यादवले आफ्नो बुलेट मोटरसाईकलमा राखि उक्त स्थानबाट  घटनास्थलमा लगि अन्य नाम नखुलेका २ जना भारतिय नागरिकको सहयोगमा घाँटी काटेर हत्या गरी निजको साथमा रहेको नेपाली रुपैंया रु।६०,०००।– समेत लगेको । वारदात पश्चात निज हरिहरदेवी मिति २०७८।०५।१८ गते बिहान जयनगरबाट आफ्नो घर गोलबजारमा पुगेको थियो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब