सरकारले ४० वर्ष माथिका सबै नागरिकको पिसाब परीक्षण गर्ने

  • असोज ६, २०७८ | ६८४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । ४० वर्ष उमेर माथिका नागरिकको पिसाब परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख कृष्ण पौड्यालले संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।

मुलुकभरका सबै वडा-वडामा पुगेर उनीहरुको पिसाब जाँचिने उनले जनाए । नेपालमा ४० वर्ष माथिको जनसंख्या ६५ लाख ३७ हजार छ । प्रवक्ता पौडेलका अनुसार मिर्गौला रोगबाट बचाउन पूर्व रोकथामका लागि यो अभियान सुरु गर्न लागिएको हो ।

पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने उनको भनाइ छ । बेलैमा ध्यान दिए नसर्ने रोगबाट बच्ने र बचावटको उपाय सस्तो रहेकाले मिर्गौला रोगबाट जोगाउन पिसाब जाँचको तयारी भएको उनले बताए ।

सरकारले नीति तथा कार्यक्रममा समेत ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गर्ने उल्लेख गरेको थियो । सोही नीति कार्यान्वयन गर्न यस्तो अभियान थाल्न लागिएको हो ।

अहिले नेपालमा ४९६ वटा मेशिनबाट हेमाडाइलाइसिस सेवा सञ्चालन भइरहेको र यो वर्ष १५० वटा मेशिन थप्ने कार्यक्रम रहेको उनले जानकारी दिए । नसर्ने रोगको प्रकोप अत्याधिक रहेको र अध्ययहरुले ७१ प्रतिशत मृत्यु नसर्ने रोगकै कारण भएकाले ती रोगबाट बचाउन भन्दै सरकारले यस्तो नीति लिएको हो । नेपाल प्रेस

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब