डीआईजीको नाम लिएर ६ लाखमा ‘डिल’ गर्ने महिला पक्राउ

  • असोज ७, २०७८ | ७३८ पटक पढिएको | सीमा संदेश

जनकपुरधाम । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारको नाम लिएर रकम ‘डिल’ गर्ने एक महिला पक्राउ परेकी छन् । सर्लाही घर भएकी सुशिला दाहाललाई विहीबार रौतहट प्रहरीले पक्राउ गरेको हो ।

रौतहट गरुडामा रहेको नेपाल प्रहरी विद्यालयका शिक्षक उदासकुमार पाण्डेलाई स्थायी गरिदिने आश्वासनमा उनले ६ लाखको डिल गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले नेपाल प्रेसलाई बताए ।

ती महिलाले प्रहरी विद्यालयका प्रिन्सिपल, डीआईजी र अर्का एक व्यक्ति मिलेर स्थायी गराइदिने त्यसका लागि ६ लाख लाग्ने भनेर फोनमा शिक्षक पाण्डसँग गरेको कुराकानीको अडियो रेकर्डसमेत छ । केही मिनेट कुरा गरिसकेपछि डीआइजी सा’पको कल आयो भन्दै उनले फोन काटेकी छिन् । फोनमा शिक्षक पाण्डेले दाहाललाई दिदी भनेर सम्बोधन गरेका छन् ।

शिक्षक पाण्डे र पक्राउ परेकी दाहालबीचको कुराकानीले घटनामा डिआइजी रञ्जितकारलाई पनि शंकाको घेरामा तानेको भन्दै स्रोतले उनी डीआईजीकै सम्पर्कमा रहेकी र सोही कारण शिक्षक पाण्डे उनीसँग स्थायी गराउन वार्गेनिङका लागि तयार भएको बताएको छ ।

प्रहरी विद्यालयमा ५ वर्षदेखि करारमा कार्यरत पाण्डेले गत चैत १६ मा शिक्षक पदपूर्तिको लिखित परीक्षामा नाम निकालेका थिए । त्यसपछि उनी अन्तर्वार्तामा सहभागी भए । प्रदेश २ प्रहरी कार्यालयका डीएसपी छेदिलाल कामती, इन्सपेक्टरद्वय सुरेश अधिकारी र राजन ढकालले अन्तर्वार्ता लिएका थिए । टेलिफोन रेकर्ड पाण्डेले नै सार्वजनिक गरेको प्रहरी अधिकारीको अनुमान छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब