बालिका बलात्कार गर्ने बृद्ध पक्राउ

  • असोज ७, २०७८ | १,०६४ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । बालिका बलात्कार आरोपमा धनुषा प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका ५ पर्वताका ६० बर्षीय पल्टु मण्डल रहेका छन् ।

१५ दिन अगामी गाउँकै एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुधवार मण्डललाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । उनले पीडितको मौखिक उजुरीमा उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको बताए ।

पीडित परिवारले आरोपी मण्डलमाथि किटानी जाहेरी दर्ता गराएको छैन । प्रहरी निरीक्षक ठाकुरले पीडित परिवार उजुरी दिने तयारीमा लागेको बताए । बालिका घाँस काट्न गएका बेला मण्डलले बलात्कार गरेको कुरा पीडित परिवारले बताएको उनको भनाई छ । पक्राउ परेका मण्डलमाथि जबरजस्ती करणी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

मण्डलले बलात्कार गरेको घटनाको भिडियो एक युवकले मोवाइलमा कैद गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमै देखेपछि प्रहरीले मण्डललाई पक्राउ गरेको बताइएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब