सिरहा । विरेन्द्रबजारमा आयोजना गरिएको बहृत शान्ति गोल्डकपमा सिरहाको सलहेश युवा क्लव फाईनलमा स्थान सुरक्षित गरेको छ ।
विहीवार भएको खेलमा घरेलु टोली विरेन्द्रबजारलाई २ गोल हराई सिरहा सलहेश युवा क्लवले फाईनलको यात्र तय गरेको छ । सिरहा सलहेश युवा क्लवबाट अशेष चौधरी र फोडे फोफोनाले गोल गरेएको थियो ।
फाइनल खेल असोज ९ गते शनिवार मोहतरी र सिरहा सलहेश युवा क्लव बिच हुने निश्चित भएको छ । फाईनल खेलको प्रथम विजयतालाई रु.५१ हजार नगद, गोल्डकप प्रदन गरिनेछ र उप विजयतालाई रु.३१ हजार नगद , गोल्डकप पुरस्कारका रुपमा प्रदान गरिने आयोजकको घोषणा रहेको छ ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved