लहान प्रहरीको हिरासतबाट भागेको यादव पक्राउ

  • असोज ९, २०७८ | ७९१ पटक पढिएको | सीमा संदेश

सिरहा । अढाई महिनाअघि इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षबाट भागेका एक युवक पक्राउ परेका छन् ।

गत असार २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको ग्रिल तोडेर भागेका नवराजपुर गाउँपालिका १ बस्ने ३४ बर्षीय रामप्रकाश भनिने पशुपति यादवलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔ’षध मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरी हिरासतमा राखिएका यादव हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी फरार भएका थिए । उनलाई सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका १ मौवाहीको लच्कापुलबाट पक्राउ गरिएको सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब