बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धकाे मुद्दामा बहस सकियो

  • असोज १८, २०७८ | ७१५ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै ।  काठमाण्डौको बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाकाे फैसला आउँदो कात्तिक १५ गते हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा आज साेमवार बहस सकिएपछि आउँदाे कात्तिक १५ गते फैसला हुने मिति तोकिएको हो ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईले ललिता निवासको जग्गा नामसारीका लागि गरेका निर्णयका आधारमा मुद्दा चलाउनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।

ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन मन्त्री विजयकुमार गच्छदारसहितका नेता र अन्य व्यक्तिहरूविरुद्ध पनि मुद्दा परेको छ ।  

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब