मुख्यमन्त्रीलाई कारबाही गर भन्दै जनमत पार्टीद्धारा अख्तियारको कार्यालय घेराउ

  • असोज २०, २०७८ | ९९० पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ सरकारविरुद्ध बर्दिवासमा प्रदर्शन गरिएको छ । बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान अयोग बर्दिवासको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

‘भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ ।’ सहितको नारा लगाउँदै पार्टीले मुख्यमन्त्री लालबाबु राउतको विरोधमा प्रदर्शन गरेका छन् ।

लालबाबु राउत नेतृत्वको सरकारलाई कारबाहीको माग गर्दै जनमत पार्टीका नेताकार्यकर्ताले आज बर्दिवासस्थित अख्तियारको मुलगेट अगाडि प्रदर्शन गरेको पार्टीले जनाएको छ ।

मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।

२०७६ असार १६ गते मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरी ९ करोड ८४ लाख १८ हजार मूल्यका १४ हजार थान साइकल २६२ विद्यालयका प्रधानाध्यापक वा विद्यालयका प्रतिनिधिलाई ८ कक्षामा पढ्ने छात्रा संख्याको आधारमा उपलब्ध गराएको थियो ।

त्यसक्रममा अनियमितता भएको कुरा महालेखा परीक्षकको प्रतिवेदनले समेत औंल्याएको छ ।

यसअघि सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा प्रदर्शन गरेको थियो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब