सिरहा । बर्दिवासमा आयोजना गरिएको जारी बेंगाडा्वर गोल्डकपमा सिरहाको सलहेश युवा क्लव फाईनलमा स्थान सुरक्षित गरेको छ ।
बिहीवार भएको खेलमा बेंगखडी युवा क्लव मोहतरीलाई ३-० गोलले हराई सिरहा सलहेश युवा क्लवले फाईनलको यात्र तय गरेको छ । खेलको पहिलो हाफमा २-० गोल ओम सिँह र शुसिल यादब र दोस्रो हाफको ३२ औँ मिनेटमा सिरहा सलहेश युवा क्लवबाट राज मेस्तरले गोल गरेएको थियो । खेलको म्यनवदी म्यचको पुरस्कार विदेशी खेलाडी थंपीलाई प्रदान गरिएको छ ।
फाइनल खेल असोज २३ गते शनिवार हुने निश्चित भएको छ । फाईनल खेलको प्रथम विजयतालाई रु.एक लाख १० हजार नगद, गोल्डकप प्रदन गरिनेछ र उप विजयतालाई रु.५१ हजार नगद , गोल्डकप पुरस्कारका रुपमा प्रदान गरिने आयोजकको घोषणा रहेको छ ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved