सिरहा । सिरहा नगरपालिकामा तथ्यांक प्रमाणीकरण तथा प्रथामिकीकरणका लागि एक दिने कार्यशाला गोष्ठी सम्पन गरिएको छ ।
BMZ/VCA/WHH को आर्थिक सहयोगमा सबल नेपालद्धारा संचालित वास परियोजना (NPL-1060-18 ) ले नगरपालिकाको खानेपानी सरसफाई तथा स्वच्छता योजना तर्जुमा गर्नका लागि छानिएको कन्सल्त्यांत Integrated Development Initiative मार्फत NWASH एप्लिकेशन प्रयोग गरि आवश्यक तथ्यांक संकलन गर्ने काम गरी तथ्यांक तथा सुचनाहरु प्रमाणीकरण र प्राथमिकीकरण गरेर वास योजना तयार गेरको छ ।
कार्यशालबाट तयार गरिएको वास योजनाका लागि समन्वय आजै देखि सुरु गर्ने कार्याक्रमको अध्यक्षता गर्नुृ भएको सिरहा नगरपालिकाका मेयर असेश्वर प्रसाद यादबले बताउनु भयो । वास योजना कार्यन्वयन भए नगरपालिका सफा र सुन्दर हुने भएकोले योजना कार्यन्वयनका लागि जनप्रतिनिधि तथा विभिन्न सरोकारवालहरुसँग सम्वय थालने यादबले प्रतिवद्धता गर्नु भयो।
सिरहा नगरपालिका सरसफाई सम्बन्धी निर्देशिका बनाई सकेकोले वास योजना कार्यन्वयन गराउन कुनै पनि समस्या नरहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो । कार्यशालबाट तयार गरिएको वास योजना अनुसार पालिकाका सबै वडाले कार्य गर्न हुन निर्देशन पनि दिनु भयो । स्थानीय तहमा धेरै कार्य हुने भएकोले वास योजनालाई समयमा सम्पन गर्न सहयोगी संस्थाले नगरपालिका तथा वडा कार्यालयसँग समन्वय गरि आगाडी बढन यादबले सुझाव दिनु भयो ।
कार्याक्रममा सिरहा नगपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाख प्रमुख, शिक्षा शाखा प्रमुख, प्राविधिक शाखा प्रमुख,वास फोकल व्यक्ति, सामाजिक शाखा प्रमुख लगायत सबै वडाका प्रतिनिधिहरुका उपस्थित रहेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved