सिरहा । बेलसोत उदयपुरमा जारी गोल्ड कप फुटवाल प्रतियोगितामा बुधवार भएको खेलमा महोत्तरीलाई पराजित गर्दै सिरहा सलहेश युवा क्लव सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
खेलको ३० औँ मिनेटमा सलहेश युवा क्लवको खेलाडी ग्लोरीले पहिलो गोल गरे र ५६ औँ मिनेटमा अस्मित चौधरीले फेरि दोस्रो गोल गरपछि महोत्तरीलाई पराजित हुने परेको थियो । खेलको म्यानवदी म्यचको पुरस्कार अस्मित चौधरीलाई दिइएको छ ।
गोल्ड कपको फाइनल खेल कार्तिक २६ गते शुक्रवार हुने छ । खेलमा प्रथम हुने टिमलाई रु. १ लाख नगद र ट्फी प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने टिमलाई रु. ५१ हजार नगद र ट्फी प्रदान गरिने आयोजकले घोषण गरको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved