प्रदेश २ को यी ठाउँबाट फाइजर खोप लिन पाइने

  • कार्तिक २६, २०७८ | ६१० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ, कार्तिक २६ गते । कोरोना संक्रमणबाट बँच्न सरकारले आइतवार देखि फाइजर खोप लगाउने भएको छ । सरकारले १२ वर्षदेखि माथिको उमेर समूहका दिर्घरोगीहरुलाई लक्षित गर्दै यो कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले दिएको १ लाख डोज खोप आइतवार देखि मंसिर ४ गतेसम्म १२ वर्ष माथिका दिर्घरोगीहरुलाई दिइने भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार आइतवार देखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म खोपको दोस्रो डोज दिइने छ।

दुई मात्रा लगाइने फाइजर खोप पहिलो डोज लगाएको २१ देखि २८ दिनभित्रमा लगाइ सक्नुपर्ने स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।
अहिले ८ प्रकारका दिर्घरोगीहरुलाई प्राथमिकतामा राखेर फाइजर खोप सुरु गर्न लागिएको छ ।

खोप लगाउनका लागि दिर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचार सम्वन्धी पूर्जा र दोस्रो मात्राको लागि पहिलो मात्रा लिइएको खोप कार्ड अनिवार्य चाहिने छ ।
नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार कात्तिक २५ गतेसम्म नेपालमा ३८ प्रतिशतले दोस्रो डोज र ४४ प्रतिशतले पहिलो डोज खोप लगाइसकेका छन् ।
फाइजर खोप प्रदेश २ को तीन स्थानमा मात्र दिइने छ । सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, जनकपुरधामको प्रादेशिक अस्पताल र वीरगंजको नारायणी अस्पतालमा फाइजर खोप दिइने छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब