सिरहा । बेलसोत उदयपुरमा जारी गोल्ड कप फुटवाल प्रतियोगितामा शुक्रवार भएको खेलमा सप्तरी शिसवारी एफ.सी.लाई पराजित गर्दै सिरहा सलहेश युवा क्लव फाइनलमा प्रवेश गरेको छ ।
स्वर्गीय उदयमान खेलाडी आदित्यको फोटो छात्तीमा राखी मैदानमा १ मिनेट मौन धारण गरी खेल्न सुरु गरेको सलहेश युवा क्लव सिरहाको खेलाडी रोमियोले २ गोल, उमेश कार्की १ गोल र राजा मेस्तर १ गोल गरी ४ गोलले सप्तरीलाई पराजित गरेको थियो ।

गोल्ड कपको फाइनल खेल कार्तिक २७ गते शनिवार हुने छ । खेलमा प्रथम हुने टिमलाई रु.१ लाख नगद र ट्फी प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने टिमलाई रु. ५१ हजार नगद र ट्फी प्रदान गरिने आयोजकले घोषण गरको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved