सिरहा । बेलसोत उदयपुरमा जारी गोल्ड कप नक आउट फुटवाल प्रतियोगितामा शनिवार भएको फाइनल खेलमा मोहत्तरी जनशक्ति युवा क्लव ढल्केवरलाई पराजित गर्दै सिरहा सलहेश युवा क्लव विजय भएको छ ।
खेल सुरु भएको १७ औँ मिनेटमा सिरहा सलहेश युवा क्लवको खेलाडी रोमियोले १ पहिलो गोल गरेको थियो । त्यसपछि २२ औँ मिनेटमा निरज थापा मगरले १ गोल, ३६ औँ मिनेटमा फोफन १ गोल र राजा मेस्तर १ गोल गरी ४ गोलले मोहत्तरीलाई पराजित गरेको थियो ।
खेलको म्यानवदी म्याचको पुरस्कार सिरहा सलहेश युवा क्लवको खेलाडी अजय चौधरीलाई प्रदान गरिएको छ । त्यस्तै सर्वधिक गोल कर्ता खेलाडीको पुरस्कार रोमियो, वेस्ट किपर रेम्बु चौधरी, वेस्त डिफेन्डर एके, वेस्ट स्टाइकर उमेश कार्की र म्यनवदी टुनामेन्ट पुरस्कार मोहत्तरीको खेलाडी सुदिप मगरलाई प्रदान गरिएका छन् ।
प्रथम विजयता सिरहा सलहेश युवा क्लवलाई रु.१ लाख नगद र ट्फी प्रदान गरिएको छ । त्यस्तै दोस्रो हुने मोहत्तरीलाई रु. ५१ हजार नगद र ट्फी प्रदान गरिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved