सिरहा । सिरहाको सुखिपुरमा जारी प्रथम मेयर गोल्ड कप फुटवाल प्रतियोगितामा आइतवार भएको खेलमा पुलिस क्लव विराटनगरलाई पराजित गर्दै सिरहा सलहेश युवा क्लव सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
खेलको ५ औँ मिनेट भित्र २ गोल खाएको सलहेश युवा क्लवले पछि खेल अवधि सम्ममा फोफोनले २ गोल, रोमियो १ गोल, निरज थापाले १ गोल गरी ४ गोलले विराटनगरलाई पराजित गरेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved