सिरहा । सिरहा प्रहरीले भारी मात्रामा प्रतिवन्धित लागुऔषध सहित २ जना तस्करलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक सुभाष बुढाथोकीले दिएको जानकारी अनुसार भारी मात्रामा प्रतिवन्धित लागुऔषध बरामद गरिएको छ ।
लागुऔषध लिएर हिडेका मोटरसाईकल चालक जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं. ७ बस्ने अं. बर्ष २५ को नागेश्वर भगत र सोही मोटरसाईकलमा पछाडी सवार जिल्ला धनुषा औरही गाउँपालिका वडा नं. ५ बस्ने अं. बर्ष २९ को रमन कुमार कर्णलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनिहरुको साथबाट नोफिन– १९४ एम्पुल, प्रोमिथोजाईन– ३४२ एम्पुल, डाईजोपाम– ३८२ एम्पुल र लेवल नभएको– १८२ एम्पुल गरि जम्मा ११ सय एमबुल बरामद गरिएको हो । बरामद लागू औषध र मोटरसाईकल सहित दुबै जनालाई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved