प्रतिवन्धित लागुऔषध सहित २ तस्कर प्रहरीको नियन्त्रणमा

  • मंसिर ३, २०७८ | ६४२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा प्रहरीले भारी मात्रामा प्रतिवन्धित लागुऔषध सहित २ जना तस्करलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक सुभाष बुढाथोकीले दिएको जानकारी अनुसार भारी मात्रामा प्रतिवन्धित लागुऔषध बरामद गरिएको छ ।

जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. १० स्थितमा ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलीले पुर्व बाट पश्चिम तर्फ जादै गरेको प्रदेश नं. ०२–०२३– प. ९३९ नं. को अनटेस्ट) मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको थियो ।

लागुऔषध लिएर हिडेका मोटरसाईकल चालक जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं. ७ बस्ने अं. बर्ष २५ को नागेश्वर भगत र सोही मोटरसाईकलमा पछाडी सवार जिल्ला धनुषा औरही गाउँपालिका वडा नं. ५ बस्ने अं. बर्ष २९ को रमन कुमार कर्णलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनिहरुको साथबाट नोफिन– १९४ एम्पुल, प्रोमिथोजाईन– ३४२ एम्पुल, डाईजोपाम– ३८२ एम्पुल र लेवल नभएको– १८२ एम्पुल गरि जम्मा ११ सय एमबुल बरामद गरिएको हो । बरामद लागू औषध र मोटरसाईकल सहित दुबै जनालाई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब