सिरहा । सिरहाको सुखिपुरमा जारी प्रथम मेयर गोल्ड कप फुटवाल प्रतियोगितामा शनिवार भएको फाइनल खेलमा बर्दिवासलाई पराजित गर्दै सिरहा सलहेश युवा क्लव बिजय भएको छ ।
खेल सुरु भएको ३५ औँ मिनेटमा सिरहा सलहेश युवा क्लवको खेलाडी सृजन छेत्रीले पहिलो गोल गरेको थियो । त्यसपछि ६७ औँ मिनेटमा फोफोनले १ गोल गरी १ को विरुद्ध २ गोल गरी बदिवासलाई पराजित गरी चम्पियन बनेको छ।
खेलको म्यानवदी द टुनामेन्टको पुरस्कार सिरहा सलहेश युवा क्लवको खेलाडी उमेश कार्कीलाई प्रदान गरिएको छ । प्रथम विजयतालाई रु. ५१ हजार नगद ट्फी र दोस्रो उपविजयतालाई रु. ३१ हजार नगद ट्फी पुरस्कार प्रदान गरिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved