उपचार खर्च तिर्न नसकेर अस्पतालको बन्धक बनेका मण्डलले गरे आत्महत्या

  • मंसिर १०, २०७८ | ९४६ पटक पढिएको | सीमा संदेश
alt

विराटनगर, मंसिर १० गते । उपचार वापतको रकम तिर्न नसकेर अस्पतालको बन्धक बनेका एकजनाले आत्महत्या गरेका छन् । विराटनगरस्थित गोल्डेन अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गर्ने ३५ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका वडा न. १ का मण्डलको उपचारका क्रममा आज मध्यान्ह मृत्यु भएको हो । मण्डलले आज बिहान ६ बजे सोही अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका थिए । अस्पतालबाट हामफालेर गम्भीर घाइते भएका मण्डलको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार मण्डल छारे रोगको पुरानै समस्या रहेका मण्डललाई उपचारका लागि मंसिर ३ गते परिवारले अस्पताल भर्ना गरेका थिए ।

आइसियुमा राखेर उनको उपचार भएको थियो । अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर उपचार वापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् ।

उपचारमा लागेको मध्ये १७ हजार रूपैयाँ मात्रै परिवारले तिर्न सकेपछि मण्डललाई अस्पतालले बन्धक बनाएर राखेको परिवारजनको दाबी छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब