पुस अन्तिम सातादेखि बुस्टर डोज दिने सरकारको तयारी

  • पुस ७, २०७८ | ७५८ पटक पढिएको | सीमा संदेश
alt

७ पुस, काठमाडौं । सरकारले पुसको अन्तिम सातादेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या स्वास्थ्यमन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिए पुसको अन्तिम सातादेखि बुस्टर डोज दिने बताएका हुन् ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्री खतिवडाले भने, ‘डब्ल्यूएचओले अनुमति दिएको खण्डमा जनवरीको पहिलो हप्ता वा पुसको अन्तिम सातादेखि आवश्यकताअनुसार बुस्टर डोज दिन चाहन्छौं ।’

बुस्टर डोज दिँदा क्रमशः फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी, वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई दिने मन्त्री खतिवडाले बताए ।

यसअघि राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले आधा जनसंख्यालाई दुवै डोज खोप दिएपछि बुस्टर डोज दिन सकिने बताएका थिए । जेष्ठ नागरिक तथा दीर्घ रोगीलाई बुस्टर डोज दिन सकिने भनी सल्लाहकार समितिले सिफारिस पनि गरिसकेको छ ।

ठूला नाकामा कडाइ गरिने

स्वास्थ्यमन्त्री खतिवडाले खुला नाका भएका कारण कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोम संक्रमणको जोखिम बढी भएको भन्दै नाकाबाट आउजाउमा क्रमशः कडाइ गर्दै लैजाने बताए ।

ठूला नाका भएर आवातजावत गर्दा खोप लगाउन र खोप लगाएको प्रमाण पत्र बोकेर हिँड्न मन्त्री खतिवडाले आग्रह गरेका छन् ।

अस्पताल तयारी अवस्थामा

स्वास्थ्यमन्त्री खतिवडाले कोरोना संक्रमितको उपचार गर्न देशभरका अस्पताललाई तयारी अवस्थामा राखेको पनि दावी गरेका छन् । अस्पताहरुमा आवश्यक जनशक्ति, स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको उनको भनाइ छ ।

सरकारको सम्पूर्ण ध्यान कोरोना मुक्त गर्नमा केन्द्रित रहेको भन्दै उनले ओमिक्रोन भेरियन्ट देखिएसँगै यो अभियानमा थप चिन्ता बढाएको बताए । उनले अघि भने, ‘सरकार र मन्त्रालयले आफ्नो तर्फबाट जनशक्ति, अस्पताल तथा आवश्यक पर्ने सबै चिज सजग र सतर्कता अवस्थामा राखेका छौं ।’

मन्त्री खतिवडाले हाल १८ वर्षमाथि उमेर समूहका नागरिकलाई कोभिशिल्ड र भेरोसेल खोप अभियान सञ्चालन भइरहेको बताए । यसैगरी पुस ४ गतेदेखि १२ देखि १७ वर्षका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाउने अभियान पनि शुरु भइसकेको उनले बताए ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यालय नजाने किशोर किशोरीलाई नजिकको खोप केन्द्रमा खोप दिइने मन्त्री खतिवडाले बताए ।

के छ तयारी ?

स्वास्थ्य मन्त्री खतिवडाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखापर्ने वित्तिकै ओमिक्रोन प्रभावित दक्षिण अफ्रिकासहित ९ देशहरुबाट हुने हवाइ यात्रालाई प्रतिबन्ध लगाएको बताए ।

ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर ओमिक्रोन देखिएको देशमा ट्रान्जिट भएर आउने यात्रुलाई समेत सात दिनसम्म क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएका उनको भनाइ छ ।

क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको स्वास्थ्य अवस्था राम्रो देखिएपछि मात्रै बाहिर जाने व्यवस्था गरेको उनले बताए । यस्तै स्थलमार्ग भएर आउनेलाई समेत नेपाल भारत सीमा नाकामा हेल्थ डेक्स राखेर परीक्षणको व्यवस्था मिलाएको उनले बताए ।

‘परीक्षणको क्रममा शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरी आवश्यक परेको अवस्थामा थप अनुसन्धान गर्ने गरेका छौं । त्यस्ता व्यक्तिहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था पनि मिलाएका छौं’ मन्त्री खतिवडाले भने ।

स्वास्थ्यमन्त्री खतिवडाले नेपालमा एन्टिजेन पोजेटिभ देखिएको नमुना संकलन गरी जिन सिक्वेन्सिङ गर्ने गरिएको समेत बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब