बैंकिङ कसुर मुद्दामा साढे ५६ लाख जरिवाना तोकिएका औरहीका यादव पक्राउ

  • पुस ९, २०७८ | ६४८ पटक पढिएको | सीमा संदेश

सिरहा । सिरहा प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा बैंकिङ कसुर मुद्दामा जेल सजाय र आधा करोड बढी रुपैया जरिवाना तोकिएका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका १ का शत्रुधन प्रसाद यादवका छोरा ३० वर्षीय सुरेन्द्र कुमार यादव छन् । उनलाई जिल्ला अदालतले ७ दिन कैद र ५६ लाख ५० हजार ९५१ रुपैयाँ सजाय सुनाएको छ ।

तर सजाय सुनाएपछि फरार रहेका यादवलाई प्रहरीले बिहीवार पक्राउ गर्न सफल भएको हो । प्रहरी चौकी हरकट्टीको टोलीले यादवलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।

उनीमाथि आवश्यक कारबाही अगाडी बढाएको सिरहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका यादवमाथि कहिले मुद्दा चलेको र अदालतले कहिले फैसला गरी सजाय सुनाएको कुरा प्रहरीले उल्लेख गरेका छैन ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब