बैंकिङ कसुर मुद्दामा साढे ५६ लाख जरिवाना तोकिएका औरहीका यादव पक्राउ

  • पुस ९, २०७८ | ६३८ पटक पढिएको | सीमा संदेश

सिरहा । सिरहा प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा बैंकिङ कसुर मुद्दामा जेल सजाय र आधा करोड बढी रुपैया जरिवाना तोकिएका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका १ का शत्रुधन प्रसाद यादवका छोरा ३० वर्षीय सुरेन्द्र कुमार यादव छन् । उनलाई जिल्ला अदालतले ७ दिन कैद र ५६ लाख ५० हजार ९५१ रुपैयाँ सजाय सुनाएको छ ।

तर सजाय सुनाएपछि फरार रहेका यादवलाई प्रहरीले बिहीवार पक्राउ गर्न सफल भएको हो । प्रहरी चौकी हरकट्टीको टोलीले यादवलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।

उनीमाथि आवश्यक कारबाही अगाडी बढाएको सिरहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका यादवमाथि कहिले मुद्दा चलेको र अदालतले कहिले फैसला गरी सजाय सुनाएको कुरा प्रहरीले उल्लेख गरेका छैन ।

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब