सिरहा । नेपाल-भारत सीमा सुरक्षा समन्धि नेपाल र भारतका सुरक्षाकर्मिको बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरि नेपाल हे.क्वुबा.न.७ सिरहाका सशस्त्र प्रहरि उपरीक्षक दिपेन्द्र गिरि को नेतृत्वमा र भरतिय एस.पी. अरविन्द बर्मा को नेतृत्वमा ६ बुंदे सहमति भएको सशस्त्र प्रहरि नेपाल हे.क्वुबा.न.७ सिरहाका सशस्त्र प्रहरि प्रवक्ता निलकमल आचार्यले बताए ।
बैठकमा १. सीमामा हुन सक्ने अबैध कृयाकलाप नियन्त्रण गर्न दिन तथा रातमा संयुक्त गस्ति गर्ने, २. हराएका सीमा स्तम्भ, अतिक्रमण भएका दशगजा तथा दशगजामा निर्मित संरचनाहरु एकिन गर्नको लागि दुवै पक्षले फिल्ड सर्वे टिम०लाई अनुरोध गर्ने, ३. कोभिड-19 को सम्पूर्ण मापदण्ड अपनाई तोकिएको नाकाहरुबाट दुबै देशका सवारी साधनहरु आवतजावत गर्न दिने, ४. सीमा क्षेत्रमा हुने अपराध, लागुऔषध, हातहतियार, निषेधित मदिरा र अवैध सामानहरु ओसार पसार हुन गर्न नदिन दुवैतर्फ बाट ड्युटी बढाउने,५. चेली बेटी बेचबिखन तथा मानव तस्करी रोक्न सुरक्षाकर्मी परिचालन तथा सुचना आदान प्रदान गर्ने, ६. दुवैतर्फका सुरक्षाकर्मी युनिफर्ममा नेपालरभारत प्रवेश गर्नु अगाडी स्विकृती लिएर मात्र प्रवेश गर्ने सहमति भएको हो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved