सिरहाका ३ सहित प्रदेश २ का २० स्थानीय तहले पेश गरेन बजेट

  • पुस १४, २०७८ | ९५० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रदेश २ का २० वटा स्थानीय तहले अहिलेसम्म बजेट पेश गर्न सकेको छैन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटा स्थानीय तहमध्ये २१ वटा स्थानीय तहले बजेट पेश नगरेकोमा २० वटा स्थानीय तह प्रदेश २ कै रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा १ सय ३६ वटा स्थानीयत तहमध्ये १ सय १६ वटा स्थानीय तहले मात्र मन्त्रालयमा बजेट पेश गरेको छ ।

बजेट पेश नगर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका, सिरहाको कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, नरहा गाउँपालिका रहेको छ ।

त्यस्तै धनुषाको एकमात्र उपमहानगर जनकपुरधाम उपमहानगरपालिकाले समेत बजेट पेश नगरेको संघीय मामिला तथा प्रशासन मन्त्रालयले जनाएको छ ।

त्यस्तै बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका, धनौजी गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका, सर्लाहीको कौडेना गाउँपालिका, पर्सा गाउँपालिकाले आव २०७८/७९ को बजेट ल्याएको छैन् ।

त्यस्तै रौतहटको गरुढा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, वृन्दावन नगरपालिका, बाराको सिम्रौनगढ नगरपालिका, विश्रामपुर गाउँपालिकाले हालसम्म बजेट पेश नगरको मन्त्रालयले जनाएको छ ।

पर्साको पोखरिया नगरपालिका र धोबीनी गाउँपालिकाले हालसम्म बजेट पेश गरेको छैन् । स्थानीय तहहरुका जनप्रतिनिधिहरुबिचको विवादका कारण स्थानीय तहहरुले बजेट पेश गर्न सकेको छैन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब