भारतले जित्याे यू–१९ एसिया कपकाे उपाधि

  • पुस १६, २०७८ | ७२७ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै ।  भारतले यू–१९ एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । दुबईमा आज शुक्रवार भएकाे फाइनल खेलमा श्रीलङ्कालाई नाै विकेटले हराउँदै भारतले यू–१९ एसिया कपकाे उपाधि जितेकाे हाे ।

वर्षाले प्रभावित खेलमा भारतीय टाेलीले जितका लागि ३८ ओभरमा एक सय दुई रनकाे लक्ष्य पाएकाे थियाे । भारतका लागि आङ्क्रिश रघुवंशीले ५६ र शैक रशीदले ३१ रन बनाए ।

यसअघि श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्दै ३८ ओभरमा नाै विकेट गुमाएर एक सय ६ रन बनायाे । तर डकवर्थ लुइस नियमकाे आधारमा भारतले ३८ ओभरमा एक सय दुई रनकाे पाएकाे थियाे । श्रीलङ्काका लागि यसुरु राेड्रिगाेले १९ र रविन डी सिल्भाले १५ रन बनाए । बलिङतर्फ भारतका विक्की वस्तलले तीन र काैशल ताम्बेले दुई विकेट लिए । 

याेसँगै भारत यू–१९ एसिया कपमा आठाैँ पटक विजेता बनेकाे हाे । 

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब