बालुवाटार जग्गा प्रकरण : विजय गच्छदारसहित ३ सय जनालाई पक्राउ गर्न आदेश

  • पुस २१, २०७८ | ५९९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा ‘हाइप्रोफाइल’ व्यक्तिहरूलाई पक्राउ पूर्जी जारी गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान अन्तिम चरणमा पुर्याएपछि विजय गच्छदार, दीपकुमार बस्न्यातसहित ३०० भन्दा बढीलाई पक्राउ पूर्जी जारी गरिएकाे हाे ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (प्रहरी उपरीक्षक–एसपी) श्यामकुमार महताेका अनुसार व्युराेले उक्त प्रकरणमा दाेषी देखिएका ती व्यक्तिलाइ पक्राउ पुर्जी जारी गरिएकाे हाे ।

व्युराेले पक्राउ पुर्जी जारी गरिएकाहरूकाे नाम सार्वजनिक नगरेकाे भए पनि नेता गच्छदार र बस्न्यतासँगै भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायतलाई पूर्जी जारी गरिएको स्राेतले बताएकाे छ ।

यद्यपि, अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा लगेपछि ब्यूरोले ‘हाइप्रोफाइल’ व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेकाे बुझिएकाे छ ।

बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरिसकेकाे छ । उनीहरू अहिले थुनामा छन् । बाँकी कोही पनि पक्राउ परेका छैनन् ।

पक्राउ परेका मध्ये शाेभाकान्त ढकालमाथि बुधबार मात्रै राजस्व अनुसन्धान विभागले १ अर्बभन्दा बढी कर छली गरेकाे भन्दै अदालतमा मुद्दा समेत दायर गरेकाे छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब