कोरोना जोखिमबाट बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गरौं : नैनसिंह महर

  • पुस २५, २०७८ | ५३३ पटक पढिएको | सीमा संदेश
alt

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नु पर्ने बताएका छन्। थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट विषयक अन्तरक्रिया कार्यक्रममा महरले देशमा फेरि कोरोना जोखिम बढेकाले बालबालिकालाई त्यसको सम्भावित खतराबाट बचाउनुपर्ने बताएका हुन्।

'हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोपको उपलब्धता गराउन सकेका छैनौं। छिमेकी मुलुक भारतमा कोरोना तीव्र बनेसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ। र, पछिल्ला दिनमा नेपालमा समेत कोरोना बढ्दो छ। यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ,' उनले भने।
 
नेविसंघका पूर्व अध्यक्षसमेत रहेका महरले १५ दिन पहिलाको जस्तै वैकल्पिक विधि अपनाएर वा १५ दिनलाई हिउँदे बिदामा मिलाएर भए पनि शैक्षिक संस्था बन्द गर्नुपर्ने बताए ।​ सरोकारवालाहरूसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडो कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको महरले औँल्याए।
 
राजनीतिक दलहरूले पनि स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने उनले बताए। सबै पार्टीका नेताहरूले पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर आफ्ना कार्यकर्ताहरूलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन लगाउनुपर्ने उनको सुझाव छ।
कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा खोपको सहज उपलब्धतामा ध्यान दिनुपर्ने बताएका छन्।
 
कार्यक्रममा सहभागी शिक्षा विद् एवं शिक्षा क्षेत्रका सरोकारवालाहरूले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउनका लागि केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब