सिरहा । सिरहा नगरपालिका वडा नं. ८ महिसोथामा निर्माण सम्पन् आधारभुत स्वास्थ्य सेवा केन्द्र मेयर असेश्वर प्रसाद यादबले उद्घाटन गरको छ ।
आधारभुत स्वास्थ्य सेवाका लागि वडावासीलाई सम्पूर्ण सेवा अब यसै केन्द्रबाट प्राप्त हुने छ । यसका लागि नगरपालिकाले सम्पूर्ण व्यवस्थापन पनि गरि सकेको छ । जनताका स्वास्थ्य आधारभुत सेवा पहुँचका लागि निर्माण गरिएका केन्द्रबाट निःशुल्क सेवा लिन नगरवासीलाई मेयर यादबले अनुरोध गर्नु भयो ।\

संघीय सरकारको अनुदान कार्यक्रमबाट आधारभुत स्वास्थ्य सेवा केन्द्रको निर्माण राम जानकी कन्ट्रक्सनले रु. २० लाख २७ हजारको सम्झौतामा समयमा निर्माण कार्य डिजाइन अनुसार गरको साइड इन्जिनियर उमेश कुमार यादबले बताउनु भयो ।
समयमा निर्माण कार्य सम्पन भई सेवा सुरुवातका लागि उद्घाटन भएपछि वडावासी खुशी भएका छन् ।
उद्घाटन कार्यक्रममा वडा नं. ८ को वडाअध्यक्ष नागेश्वर गोइत, नगरपालिका सामाजिक शाखा अधिकृत विनोद पासमान, स्वास्थ्य शाखा प्रमुख इद्रिस राइन, सुरेश कुमार चोरवार लगायत नगरवासीहरुका उपस्थिति रहेका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved