सिरहाका दुई कोरोना संक्रमितको मृत्यू

  • माघ ७, २०७८ | ४७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहाका दुई कोरोना संक्रमितको उपचारको क्रममा १० मिनेटकै अन्तरमा मृत्यू भएको छ ।

मृत्यू हुनेमा एक महिला र एक पुरुष छन् । सिरहा नगरपालिका १ का ८० वर्षका पुरुष र लहान नगरपालिका १९ की ६२ वर्षकी महिलाको कोरोना संक्रमणकै कारण १० मिनेटकै अन्तरमा मृत्यू भएको हो ।

उनी दुबै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरुको १० मिनेटको अन्तरमा मृत्यू भएको पुष्टि स्पतालका सह(प्रवक्ता डाक्टर चुरामणी पोखरेलले गरे ।

उनका अनुसार एक्युट मायोकार्डियल इन्फ्राक्सन भएकी महिलामा माघ ५ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनको मृत्यु आज बिहान ११ बजेर ४५ मिनेटमा भएको हो ।

त्यस्तै, पुस २९ गते संक्रमण पुष्टि भएका सिराहका पुरुषको पनि बिहान ११ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब