मधेश प्रदेशको नाम राजपत्रमा प्रकाशित, चुच्चे नक्सा गायब

  • माघ ९, २०७८ | १,१७४ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, माघ ८ गते । मधेश प्रदेश सरकारले आफ्नो नाम प्रदेश राजपत्रमा प्रकाशित गरेको छ । सबै निकायलाई उक्त नाम कार्यान्वयन गराउन आग्रह गर्दै मधेस प्रदेशले आफ्नो नाम राजपत्रमा प्रकाशित गरेको हो ।

प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामकरण तोक्ने प्रस्ताव सोही नियमावलीको अनुसूची ३ ख बमोजिम दर्ता भएका प्रस्तावहरूमध्ये प्रदेशको नाम राजपत्रमा प्रकाशित गरिएको बताइएको छ ।

’प्रस्ताव नम्बर १ मधेस प्रदेश नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित भई प्रदेशको नामकरण मधेस प्रदेश कायम भएको ब्यहोरा सार्वजनिक लिखित प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५ को दफा ५ को उपदफा (१) बमोजिम सभामुखबाट प्रमाणीकरणसमेत भइसकेकाले सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशित गरिएको छ,’ मधेस प्रदेश सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

जरकारीले राजपत्रमा प्रकाशित गरेको सूचनामा चुच्चे नक्सा गायब भएको छ ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटेर सरकारले निकालेको चुच्चे नक्सा मधेश प्रदेशको राजपत्रबाटै गायब भएको हो ।

२०७७ जेठ मा नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर चुच्चे नक्सा निकालेको थियो । तर प्रदेश २ बाट मधेश प्रदेशमा परिणत सरकारले चुच्चे नक्सालाई अझै बेवास्ता गरेको हो ।

माघ ३ गते नै जारी प्रदेश राजपत्रमा पुरानै नक्सा राखिएको छ । मधेस प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले जारी राजपत्रमा चुच्चे नक्सा गायब भएपछि विभिन्न टिप्पणी भएका छन् ।

तर यसबारेमा प्रदेशसभा र मधेश प्रदेश सरकारले केही प्रतिक्रिया दिएको छैन । चुच्चे नक्सा नसमेटिएको कुराको विरोध भए पनि उक्त राजपत्रमा समावेश पुरानो नक्सा एक सातासम्म हटाइएको छैन ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब