‘एमसीसीमा सुधार गर्नुपर्ने विषय केके हुन् ?’

  • माघ २०, २०७८ | ७०० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । संसद्को चालू अधिवेशनबाटै अमेरिकी सहयोग परियोजना मिनेलियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गराउन लागिपरेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसीमा सुधार गर्नुपर्ने विषयहरूका बारेमा सोध्नुभएको छ ।

प्रधानमन्त्री देउवाले बुधबार दुवै अध्यक्षसँग संयुक्त भेटवार्ता गर्दै सुधारका विषयमा सुझाव मागेको देउवाको सचिवालयले बताएको छ । देउवाले देशको हितबाहिर गएर सम्झौता नहुने स्पष्ट पार्दै सम्झौतामा सुधार गर्नुपर्ने विषयहरू आफूलाई उपलब्ध गराउन आग्रह गर्नुभएको सचिवालयले जनाएको छ । जवाफमा अध्यक्ष प्रचण्डले कतिपय बुँदा अध्ययन गर्दा संशोधन नगरी पारित गर्न नसकिने अवस्था रहेको पुरानै अडान दोहोर्याउनुभएको थियो । प्रचण्डको स्वकीय सचिव रमेश मल्लले एमसीसीको विषयमा दलहरूको आ–आफ्नै धारणा रहेको बताउँदै तीन नेताबीच पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको बताउनुभयो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले सबै देशसँग राम्रो सम्बन्ध राख्नुपर्ने तर सम्झौताको नाममा आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने अडान राख्नुभएको बताइएको छ ।

प्रधानमन्त्री देउवा एमसीसी संसद्बाट पारित गराउने गृहकार्यमा हुनुहुन्छ । तर सत्ता सहयात्री माओवादीका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल संशोधन गरेर मात्र एमसीसी अगाडि बढाउनुपर्ने आ–आफ्नै अडानमा हुनुहुन्छ । जसको कारण सत्ता गठबनन्धभित्र एमसीसी अगाडि बढाउने विषयमा साझा सहमति निर्माण हुन सकिरहेको छैन ।

सहमति निर्माणका लागि सत्ता गठबन्धले तीन सदस्यीय कार्यदल पनि गठन गरेको थियो । उक्त कार्यदलले संशोधन गरेर मात्र एमसीसी अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिइसकेको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब