निर्वाचित पदाधिकारीलाई जेठ ४ भित्रै शपथ गराउन वैशाख ३० मा निर्वाचन निर्वाचन आयोग भन्छ– त्यो समयमा निर्वाचन गराउन तयार छौँ

  • माघ २४, २०७८ | ५८५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेको छ । सोमबार बालुवाटाररमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् अघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो । निर्वाचन आयोगकै सुझावअनुसार नै मिति घोषणा भएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।

“निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउन सात दिनको समय चाहिन्छ भन्ने हाम्रो सुझाव थियो । तपाईंहरुकै सुझावअनुसार गर्दा के हुन्छ भनेर सोधिएको थियो । ९३ दिन बाँकी रहन्छ हामी गर्न सक्छौं भन्यौं,” थपलियाले मिडियासँग भने ।

स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद जेठ ५ गते सकिँदै छ । यसअघि सरकार र आयोगबीच जेठ ४ मा निर्वाचन गर्ने सहमति जुटेको थियो । तर, त्यसअगावै निर्वाचनको मिति घोषणा भएको हो ।

निर्वाचन मिति घोषणा भएसँगै आयोगले काम थाल्ने थपलियाले बताए । वैशाख ३० मा निर्वाचन गराउन आयोग तयार रहेको उनले बताए । “निर्वाचन गर्न हामीसँग ९३ दिन बाँकी हुन्छ । कानुनी, भौतिक, प्राविधिक, मानशिक सबै रुपमा आयोग तयार छ,” उनले भने । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब