ब्राउन सुगर कारोबारी सशस्त्र प्रहरी हवल्दारसहित ११ जना पक्राउ

  • फागुन २८, २०७८ | ७७५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । काठमाडौंमा लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ११ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

कारोबारीको जालो खोल्दै जाँदा सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार पनि फन्दामा परेका छन् । ११ जनालाई विभिन्न मितिमा ३२२।६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा म्याग्दी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने २५ वर्षीय लालबहादुर बुढाथोकी छन् । उनको साथबाट प्रहरीले सय ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

काठमाडौं धुम्बाराहीस्थित गेष्ट हाउसबाट अजय तामाङलाई २९४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

अन्य पक्राउ पर्नेमा दोलखाका कौशल बस्नेत, सिन्धुपाल्चोकका समीर घले गुरूङ, झापाका अन्जान राई, सञ्जय लक्सम्बा, पुकार गुरूङ, प्रविण भण्डारी, सुनिल ताजपुरिया, भारत दार्जिलिङका श्यामल सिंह छन् ।

लागुऔषधको कारोबारमा जोडिएका सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार खगेन्द्र भुजेल हुन् । भुजेल मोरङ दुलारी घर भई हाल दुई नम्बर हेडक्वाटर झापामा कार्यरत थिए ।

भुजेलको कनेक्सन भारतीय नागरिक श्याम सिंहसँग जोडिएको ब्युरो प्रमुख एसएसपी हृदय थापाले बताए । सिंहले भुजेललाई, भुजेलले सुनिल ताजपुरियामार्फत कौशल बस्नेतलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यसैगरी, लालबहादुर बुढाथोकीले कौशल बस्नेतसँग खरिद गर्ने गरेको, बस्नेतले समीर गुरूङलाई बिक्री गर्ने गरेको खुलेको छ ।प्रविण भण्डारीले भारत सिलिगुडी गएर लागुऔषध खरिद गरी अजय तामाङमार्फत् अन्जान राईलाई बिक्री गर्ने गरेको खुलेको थापाले बताए ।

उनीहरू सबैलाई लागुऔषध मुद्दामा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब