सिरहा, ४ चैत । धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादव रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली , १ थान BR 32 AB 0449 Made in Italy म्याग्जिन र १ थान मोवाइल सेट समेत बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved