मानिसको आयु बढाउन सकिने सम्भावना बलियो हुँदै !

  • चैत १२, २०७८ | ६६७ पटक पढिएको | सीमा संदेश
alt

न्युयोर्क । दसकौँदेखि वैज्ञानिकहरू मानव शरीरलाई बुढ्यौली हुनबाट रोक्ने उपायको खोजीमा लागिरहेका छन् । केही वैज्ञानिकहरू मानिसको बितेको जीवन कहिल्यै फर्काउन नसकिने बताउँछन् । तर, केहीले भने आगामी २० वर्षभित्रमा बुढ्यौली रोक्ने उपाय पत्ता लगाइसक्ने दाबी गर्छन् । 

यस्तो दाबी साहसिक देखिन सक्छ । तर बुढ्यौली रोक्ने एउटा नयाँ सप्लिमेन्टले वैज्ञानिकहरूले सोचिए भन्दा पहिलै लक्ष हासिल गर्न सक्ने देखिएको छ । 

बेलोर कलेज अफ मेडिसिनका मेडिसिन–एन्डोक्रिनोलोजीका सहायक प्राध्यापक डा. राजागोपाल विश्वनाथ शेखरले 'माइटोकोन्ड्रिया'ले बुढ्यौलीलाई मन्द पार्न महत्वपूर्ण भूमिका निभाउनसक्ने बताएका छन् । डा. शेखर बुढ्यौलीविरुद्धको नयाँ सप्लिमेन्ट अध्ययनका वरिष्ठ लेखक हुन् । त्यो सप्लिमेन्टले मुसाको आयु चौबिस प्रतिशतले बढाउन मद्धत पुर्‍याएको छ ।

डा. शेखर भन्छन्, “बुढ्यौली बढ्नु पछाडि दुईवटा मुलभूत त्रुटि छन् । पहिलो हाम्रो शरीरको माइटोकोन्ड्रिया निष्कृय हुनु हो । अर्को हो, आक्सिडेटिभ तनाव बढ्नु । बढ्दो चिन्ता वा तनावले मानव शरीरका माइटोकोन्ड्रियालगायत कोषहरूका अन्य भागलाई पनि हानि पुर्‍याउँछ ।"

डा. शेखर र उनका सहकर्मीहरूले परीक्षण गरेको बुढ्यौली रोक्ने सप्लिमेन्टले शरीरमा ग्लुटाथाइयोन घटाएर यी समस्याहरू रोकेको पाइएको छ । ग्लुटाथाइयोन कोषहरूमा पाइने प्राकृतिक एन्टिअक्सिडेन्ट हो । यो एन्टिअक्सिडेनटले शरीरलाई अक्सिडेटिभ तनावलगायत पारो र अन्य विषाक्त धातुहरूबाट जोगाउने गर्दछ ।

उमेर बढ्दै जाँदा मानव शरीरमा ग्लुटाथाइयोनको मात्र घट्दै जान्छ । त्यस्तो अवस्थामा हाम्रो शरीरले थप अक्सिडेटिभ तनाव महसुस गर्छ भने माइट्रोकोन्ड्रियाले पनि राम्ररी काम गर्न छोड्छ । 

त्यसैले उमेर चढ्दै जाँदा हाम्रो शरीर बाँच्नका लागि आवश्यक गम्भीर श्रोतहरू बनाउन कम सक्षम हुन्छ । त्यसपछि हाम्रो शरीरले साइड इफेक्टहरू महसुस गर्न थाल्छ । तिनीहरू नै बुढ्यौलीका सामान्य लक्षण बन्छन् । 

यस अध्ययनको उद्देश्य नै हामी बुढो हुँदा पनि शरीरलाई ती स्रोतहरू बनाउन दिइरहनु हो । डा. शेखर र उनका सहकर्मीहरूले 'ग्लाइन्याक' नामक सप्लिमेन्ट प्रयोग गरेर मुसाहरूको ग्लुटाथाइयोन त्रुटिमा सुधार ल्याएर तिनीहरूको आयु बढाउन सफल भएका छन् ।

ग्लाइन्याक एक प्रकारको एमिनो एसिड 'ग्लाइसिन'  र औषधि एन–एसिटिरस्टिइनको मिश्रण हो ।

तर डा. शेखरले ग्लाइन्याकलाई मानवका लागि बुढ्यौली रोक्न प्रयोग गरिनुअघि यसको अझै धेरै परीक्षण गर्न बाँकी नै रहेको बताएका छन् ।

बीजीआरबाट ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब