सप्तरीबाट कटुवा पेस्तोल बरामद, व्यक्ति फरार

  • चैत १५, २०७८ | ९८० पटक पढिएको | सीमा संदेश
alt

सप्तरी, चैत १५ गते । सप्तरीबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।

भारतीय सीमासंग जोडिएको जिल्लाको राजगढ गाउंपालिका वडा न.– ६ बाट सशस्त्र प्रहरीले सो पेस्तोल बरामद गरेको हो ।

प्रहरीका अनुसार सोमबार राति करिब ११ बजेतिर उक्त गाउंपालिका वडा न.–६ बर्दाहीमा रहेको आँपको बगैंचाबाट कटुवा पेस्तोल भेटिएको हो ।

भारतबाट चोर बाटो हुँदै लुकिछिपी हतियार ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीका टोलीले सो पेस्तोल बरामद गर्न सफल भएको हो ।

पेस्तोल बोक्ने मानिस भने फरार भएका छन् । प्रहरी टोली आएको सुइको पाएपछि हतियार बोक्ने व्यक्ति झोलामा राखिएको पेस्तोल बगैंचामा फालेर फरार भएको अनुमान छ ।

पेस्तोल आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी र फरार व्यक्तिको खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब