भारीमात्रामा लागुऔषधसहित २ तस्कर प्रहरीको नियन्त्रणमा,२ फरार

  • चैत २०, २०७८ | ७८० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सशस्त्र प्रहरीले भारी मात्रामा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा.सिरहाका सशस्त्र प्रहरी उपरीक्षक गणपति रमेश कुमार थापाका अनुसार भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ भने २ जना फरार भएको छ ।

भारतीय बजारबाट नेपालको ठाढी नाका हुदै लहान तर्फ लग्दै गरेको अवस्थामा लहान नगरपालिका २३ स्थित तिलवना चौकमा शंकाको आधारमा वि.आर.३२ए.डी.२६१७ भारतीय नम्वर प्लेट मोटरसाईकललाई चेक जाँच गर्ने प्रतिवन्धित लागुऔषध बरामद गरिएको हो ।
छिन्नमस्ता बाहिनी प्रदेश २ बर्दिवास र सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा.सिरहाबाट खटिएको संयुक्त सबस्त्र प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका २३ बस्ने ३० वर्षीय अजय सहनी र त्यही ठाँउका २७ वर्षीय शंकर सहनी पक्राउ परेको छ।

उनिहरुको साथबाट प्रतिवन्धित लागुऔषध noophin नफुटेको २९९ एम्पुल,फटेको १ गरि जम्मा ३०० एम्पुल,promethozine hydro chloride inj. नफुटेको २४० एम्पुल,फुटेको ११ गरि जम्मा २५१ एम्पुल,diazepam नफुटेको २८० एम्पुल र फुटेको १८ गरि जम्मा २९८ एम्पुल बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा.सिरहाका सशस्त्र प्रहरी उपरीक्षक गणपति थापाका अनुसार सशस्त्र प्रहरीलाई देख्न साथ पक्राउ परेका दुबै जनाको सगै रहेका लहान नगरपालिका २३ वस्ने रंजित सहनी र भारती नागरिक र अजुर्न कुमार राम फरार भएको छ । फरार भएका दुवैको खोजी कार्य तिव्र गरिएको छ भने पक्राउ परेका दुबै जनालाई नेपाल प्रहरीको जिम्मा लगाई थप अनुसंन्धान थालिएको सशस्त्र प्रहरी उपरीक्षक गणपति थापाले बताएका हुन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब