सिरहा, २७ चैत । सप्तरीको फतेपुरमा आयोजित मदन भण्डारी फुटवाल गोल्डकपको आईतवार सम्पन्न खेलमा दमक फुटबल क्लब झापा लाई १ को बिरुद्ध ३ गोलले पराजित गर्दै सलहेश युबा क्लब सिरहा सेमीफाइनलमा प्रबेश गरेको छ ।
फोफोना ले १६ औँ र २५ औ मिनेटमा तथा रूपक लामाले ३६ औ मिनेटमा सलहेशको तर्फबाट गोल गर्न सफल भएको थियो । सेमिफाइनल खेल बागमती क्लब सर्लाहीसंग २९ गते मंगलवार हुनेछ ।
यस प्रतियोगितामा प्रथम विजयतालार्इृ २ लाख नगद र दोस्रो वियतालाई १ लाख नगद र ट्फी पुरस्कार दिनेछ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved