सरकार र जनमत पार्टीबीच वार्ता, के के भयो सहमती ?

  • वैशाख २, २०७९ | ५५४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी र गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको सरकारी प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । गृहमन्त्रालयमा आज भेटवार्ता भएको मन्त्रालय स्रोतले जनायो ।

भेटका क्रममा जनमत पार्टीका अध्यक्ष राउतले सरकारले आफूहरूसँग गरेका पुराना सम्झौतहरूको स्मरण गराउँदै त्यसको कार्यान्वयनको माग गरेका छन् । सरकार र सीके राउतबीच २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते विभिन्न सम्झौता भएको थियो ।

भेटवार्तामा राउतले स्थानीय तह निर्वाचनको प्रयोजनार्थ जनमत पार्टी निर्वाचनमा आयोगमा दर्ता भइसकेको परिपेक्ष्यमा त्यसअघि आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नपर्नेमा जोड दिएका थिए । त्योसँगै विभिन्न कारण थुनामा रहेका आफ्ना पार्टीका नेता कार्यकतालाई रिहा गर्न, आफूहरूले गरेको कृषि आन्दोलनका मागहरूलाई पूरा गर्न र मधेस आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्न माग गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै वार्ताका क्रममा राउतले ‘राष्ट्रिय मान्यताप्राप्त गरेको दलले मात्र आफ्नै चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने’ व्यवस्था हटाउन माग गरेका थिए । सरकारका तर्फबाट गृहमन्त्री खाणले मुलधारको राजनीतिमा आएकोमा राउतलाई धन्यवाद दिँदै पूर्ववर्ती सरकारले गरेको सहमतिअनुसार कानूनबमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने आश्वासन दिएका छन् ।

गृहमन्त्री खाणले चुनाव चिन्हका विषयमा सरकारले निर्वाचन आयोगलाई आग्रह गरिसकेको र सोही अनुसार आयोगले व्यवस्था गरिसकेको बताएका थिए ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी थिए भने, जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय बसन्त कुशवाह, दिपक साह र नरेन्द्र साह तथा महासचिव चन्दन सिंह सहभागी थिए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब