सिरहा । सप्तरी फतेपुरमा आयोजित मदन भण्डारी गोल्डकप फुटवल प्रतियोगिताको शुक्रवार सम्पन्न भएको फाइनल खेलमा गाइघाट फुटबाल क्लब उदयपुर लाई ० का बिरुद्ध ३ गोलले पराजित गर्दै सलहेश युबा क्लब सिरहा विजय भएको छ ।

खेलको १५, ४१ र ६७ औँ मिनेटमा २ गोल रुपक लामा र १ गोल मार्टिनले गरको थिए । खेलको म्यान द म्याच सलहेश युवा क्लव सिरहाको हेमन्थ थापा मगर, म्यान द सेरिज जनक कार्की र बेस्ट गोल किपरको पुरस्कार निस्चल मोकतानलाई प्रदान गरिएका छन् ।
बिजेता सलहेश क्लवले २ लाख नगद र गोल्डकप ट्राफी जितेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved