अहिलेसम्मकै ठुलो लामपुच्छ्रे तारा पृथ्वीतर्फ आउँदै, के पर्ला असर ?

  • वैशाख ३, २०७९ | ५३९ पटक पढिएको | सीमा संदेश
alt

वासिङटन । चार अर्ब वर्ष भन्दा धेरै पुरानो एउटा लामपुच्छ्रे तारा पृथ्वीतर्फ आइरहेको छ । कम्तीमा ८० माइल चौडा अर्थात रोह्डे टापुभन्दा दोब्बर आकारको यो तारा अहिले २२ हजार माइल प्रतिघन्टाको गतिमा पृथ्वीतर्फ आइरहेको छ ।

यो अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा ठूलो लामपुच्छ्रे तारा हो । यो सौर्य प्रणालीको किनारको भित्री भागबाट दौड लगाउँदै छ । शौभाग्यवश हामीले यसबाट पृथ्वीमा कुनै नराम्रो असर पार्लान् भनेर चिन्ता लिनुपर्ने आवश्यकता छैन । खगोलशास्त्रीहरूका अनुसार यो कहिल्यै पनि सूर्यदेखि एक अर्ब माइल भन्दा बढी नजिक आइपर्ने छैन । यो दुरी भनेको पृथ्वी र शनि ग्रहबीचको दुरी भन्दा अलि बढी हुन्छ । 

यो तारा सन् २०३१ को कुनै समय पृथ्वीको नजिक आउने अपेक्षा गरिएको छ । त्यसको अर्थ यस ब्रम्हाण्डीय वस्तुलाई लिएर चिन्तित हुन पनि हामीसँग अझै केही वर्ष बाँकी नै रहेको छ । वास्तवमा कुनै लामपुच्छ्रे तारा वा आकासीय पिण्ड हाम्रो दिशामा नजिकिने घटना सदैव रोमान्चक रहँदै आएको छ । 

युक्लास्थित ग्रह विज्ञान तथा खगोल शास्त्रका प्राध्यापक डेबिड जेबिटले वर्षौंअघि यो तारा सौर्य प्रणालीबाट उछिट्टिएको बताएका छन् । उनले वर्षौंसम्म यो हाम्रो सौर्य प्रणाली वरपर थुप्रै लामपुच्छ्रे तारा घुमिरहेने 'ओेर्ट बादल'मा बसेको पनि बताएका छन् ।

त्यसपछि अन्य ताराहरूले जस्तै यस प्राचीन ताराले पनि अरबौँ माइल गहिरो अन्तरीक्षको सौर्य प्रणाली घुम्न थालेको बताइएको छ ।

बीजीआरबाट ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब