मोटरसाइकल चोरी गरेको आरोपमा एक युवक पक्राउ

  • वैशाख ५, २०७९ | ५७९ पटक पढिएको | सीमा संदेश
alt

धनुषा। मोटरसाइकल चोरी गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कर्यालय धनुषाका अनुसार मोटरसाइकल चोरीको आरोपमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–१०का २१ वर्षीय भुने मुखियालाई पक्राउ गरिएको छ । गत चैत ११ गते राती हंशपुर नगरपालिका–८ रामनगराका दशैया मुखियाको छोरा शम्भु मुखियाको घरबाट चोरी भएको थियो ।

शम्भु मुखियाको नाममा दर्ता रहेको प्रदेश नं.२–००२–२४३३ नं.को सुपर स्पलेण्डर मोटरसाईकल चोरी भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो । जिप्रका धनुषाबाट खटेको प्रहरी टोली तथा ई.प्र.का. तारापट्टी धनुषाको स्थानीय प्रहरीको सहयोगमा मुखियालाई पक्राउ गरिएको छ । मुखियालाई मोटरसाइकल खोजतलास गर्ने क्रममा २०७९ बैशाख ३ गते चेकजाँचको क्रममा मुखिया पक्राउ परेको जनाइएको छ ।

मिथिला बिहारी नगरपालिका–.६ सिरसियामा चेक जाँचको क्रममा मुखिया पक्राउ परेका हुन् । जिप्रका धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतका अनुसार चोरी भएको मोटरसाइकल चलाई जनकपुरतर्फ आउँदै गरेको अवस्थमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा ब्लुबुक फेला नपरेपछि मुखियालाई पक्राउ गरिएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब