चोरीको मोटरसाइकल सहित तीनजना प्रहरीको फन्दामा

  • वैशाख १८, २०७९ | ५७३ पटक पढिएको | सीमा संदेश
alt

पर्सा, बैशाख १८ गते । चोरीको मोटरसाइकल सहित पर्साबाट तीनजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १० रानीघाटका १८ वर्षीय कुन्दन साह, रौतहटको राजदेवी नगरपालिका वडा नं. ७ का १८ वर्षीय रक्की भन्ने राहुल सिंह र पर्साको ठोरी गाउँपालिका वडा नं. १ का २५ वर्षीय निरज सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज–५ कुम्हाल टोल बस्ने ६२ वर्षीय हिमाल गौतमको ना ६४ प ९६०० नम्बरको मोटरसाईकल शनिवार राति ११ बजे आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपश्चात प्रहरीले चोरी भएको मोटरसाइकल सहित २ जनालाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएका थिए ।

यस्तै शनिवार साँझ ठोरी–१ का ४० वर्षीय शिवशंकर मण्डलको मोटरसाइकल घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडी चोरी भएको थियो ।

प्रहरीले चोरी भएको खबर पाएपश्चात मोटरसाइकल निरज सुनुवारको घरमा त्रिपाल र प्लाष्टिकले लुकाइछिपाई राखिएको अवस्थाबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब