पहुँचयुक्त मतदान केन्द्र र प्रविधियुक्त भोटिङ्ग

  • वैशाख २५, २०७९ | ६७८ पटक पढिएको | परशुराम साह
alt

जनप्रतिनिधि छनौट गर्नका लागी मतदान अधिकृतले सहीछाप गरेको मतपत्रमा मतसंकेत गरी तोकिएको मतपेटिकामा मत्रपत्र खसाउने कामलाई मतदान भनिन्छ ।आफुलाइ मन परेको उम्मेद्वार वा राजनितिक दललाई भोट दिनु भनेको मतदाताको अधिकार हो । लोकतन्त्रमा नागरिकले शासन ब्यवस्थामा सहभागी हुने पहिलो पाइला भनेको मतदान गर्नु हो । शासन ब्यवस्थामा सहभागी हुन पाउनु गर्वको कुरो हो ।मतदान नगरेमा एक मतले पनि उम्मेद्वार हार्न सक्छ । जनताको अभिमतलाइ प्रतिनिधिको रुपमा रुपान्तरित गर्ने बैज्ञानिक तरीका चुनाव नै हो । नागरिकले आफ्नो मताधिकार सही ठाउँमा प्रयोग गर्न सकेन भने लोकतन्त्र नै कमजोर बन्दै जान्छ त्यसैले मतदानको अवसर प्रयोग गर्नवाट छुट्नु हुदैन। दण्डहीनताको अन्त्य र कानूनको शासनलाई बलियो बनाउन मताधिकारको प्रयोग गर्नुपर्छ ।भ्रष्ट ,अपराधी ,चरित्रहीन  उम्मेदवारलाई सता संचालन बाट बिमुख गराउन पनि एक मतको पनि धेरै महत्व हुन्छ तर घरवाट मतदान केन्द्र सम्म जान ,मतदान केन्द्रको झन्झटिलो प्रक्रिया,अपाङ्गतामैत्री मतपत्र र मताधिकार दुरुपयोग हुने डरका कारण अपाङ्गता भएका ब्यक्तिहरु मतदान गर्नबाट बन्चित हुँदै आइरहेको अवस्था छ ।

अवस्था यस्तै,कानून उस्तै

मतदान केन्द्र अपाङ्गतामैत्री न हुने, मतदानका लागि लाइनवाटै भित्र पस्नुपर्ने, सुरक्षाकर्मी र स्वयंसेवकलाई मतदाता परिचयपत्र देखाउनुपर्ने ,नाम ,मतदाता क्रमसंख्या मिलाउनुपर्ने ,रुजु गराउनु पर्ने ,मतपेटिका भएको ठाउँ सम्म पुग्नुपर्ने समस्या प्रत्येक चुनावमा अपाङ्गता भएका ब्यक्तिहरुले झेल्दै र अधिकांश अपाङ्गता भएका ब्यक्तिहरु आफुले चाहेको नेता छान्न आफुले गर्ने मतदान बाट बंचित हुँदै आइरहेको छ । ब्रेललिपीमा मतपत्र वा प्रविधियुक्त भोटिङको ब्यवस्था नभएको कारण दृष्टिबिहिन अपाङ्गता भएका ब्यक्तीको मतदानमा गोपनियता न रहने अवस्था रहदै आएको छ ।  शारीरिक अंग वा प्रणालिमा भएको समस्या तथा कठिनाइका आधारमा ,दृष्टि सम्बन्धी अपाङ्गता,शारीरिक अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता ,बौद्धिक अपाङ्गता, बहुअपाङ्गता, अटिज्म,हेमोफिलिया,मनोसामाजिक र मानसिक गरि १० प्रकारमा अपाङ्गतालाइ वर्गीकरण गरेको छ । मतदान स्थलमा यी सवै प्रकारका अपाङ्गता भएका ब्यक्तिले आ आफ्नै किसिमको अवरोध झेल्न बाध्य हुँदै आइरहेको अवस्था छ । मतदान स्थल ,मतपत्र र मतदान प्रक्रिया अपाङ्गता भएका ब्यक्तिहरुका लागि पहुँचयुक्त र उनिहरुको मताधिकारको सुनिश्चितता न गर्नु एक किसिमको कानूनी अपराध हो  भन्ने बुझ्न जरुरी छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा दृष्टिबिहिन वा शारीरिक अशक्तता वा अरु कुनै कारणबश आफै मत संकेत गर्न न सक्ने भए आफ्नो एकाघरको परिवारको सदस्यलाई साथमा लैजान वा मतदान अधिकृतले मत संकेत गर्न सक्ने ब्यवस्था छ  तर  एकाघरका सदस्य पनि फरक फरक राजनिती आस्थाका हुन सक्ने र मतदान अधिकृत पनि फरक बिचारका हुन सक्ने  हुंदा त्यस्ता मतदानको गोपनियता नरहने  र आफुले भनेकै उम्मेदवारमा मतदान गरे नगरेको बुझ्न सक्ने अवस्था नरहेको प्रष्टै देखिन्छन् । मतदान हरेक नागरिकको मौलिक अधिकार हो र ती अधिकारवाट बंचित गर्नु भनेको मानव अधिकारको हनन र कानूनी अपराध गर्नु हो । तसर्थ स् स्थानीय तह सदस्य निर्वाचन ,२०७९ मा सवै मतदाताको समान पंहुचको सुनिस्चितता  गर्न अपाङ्गतामैत्री मतदान केन्द्र र प्रबिधियुक्त भोटिङ्ग्को ब्यवस्थापनमा राज्य उदासीन देखिनु हुदैन।

अपाङ्गतामैत्री संचार र फोकल पर्सन

आफैले मतदान गर्न न सक्ने दृष्टिबिहिन ब्यक्तिको हकमा निजले इच्छाएको ब्यक्ती मार्फत  र अन्यको हकमा सहज रुपमा मतदान गर्न पाउने अधिकार सुरक्षित गर्नुपर्छ । अपाङ्गतामैत्री संचार ,मित्रवत र सम्मानपूर्ण   व्यवहार गर्न मतदान अधिकृत र कर्मचारीहरूलाई निर्वाचन कार्यालयले अभिमुखिकरण गर्नुपर्छ । निर्वाचन मतदाता शिक्षा, निर्वाचन संग सम्बन्धित सामग्रीहरु सवै प्रकारका अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारमा अधारित र पहुँचयुक्त हुनुपर्छ । मतदान स्थल,प्रवेश द्वार, गोप्य मतदान गर्ने ठाउँ ,मतपेटिकाहरु होचो कद भएका ब्यक्तिहरु र ह्वीलचेयर प्रयोग प्रयोगकर्ता पुग्ने ठाउमा छाप लगाउने टेबल र मतपेटिका राख्नुपर्छ । मतदान स्थलको शौचालय अपाङ्गतामैत्री र मतदानको दिन निवासबाट मतदान केन्द्र सम्म पुग्न अस्थायी अनुमतिपत्र दिइने ब्यवस्था मिलाउनुपर्छ ।सहजताका लागि प्रत्येक मतदान स्थलमा अपाङ्गता फोकल पर्सनको ब्यवस्था मात्रैले पनि  अपाङ्गता भएका ब्यक्तिको मतदान गर्ने अधिकारको सुनिस्चितता गर्न सकिन्छ ।

राष्ट्रिय अपाङ्ग महासंघ सिरहा शाखाका पुर्व अध्यक्ष, सिरहा -७ मो न ९८११७०७४३२

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब