आफ्नै श्रीमानले श्रीमतिको नाङ्गै भिडियो खिचेर पोष्ट गरे

  • वैशाख २६, २०७९ | ५७९ पटक पढिएको | सीमा संदेश
alt

आफ्नै श्रीमानले त श्रीमतीको इज्जत राख्न सक्दैन भने भने अरु कसले पो राख्न सक्ला र ? वस्त्र समेत नलगाएर आफ्नै श्रीमतीलाई क्यामेरा अगाडि आउन लगाउने र भिडियो बनाएर सामाजिक संजालमा पोष्ट समेत गरिदिने लाई खै के पो भन्न सकिन्छ ।

विश्वासमै त घात गरेपछि कसको के नै पो लाग्छ र श्रीमानले भनेको मान्दा मात्रै विदेशबाट पैसा पठाइदिने नत्र नपठाइदिने भने बमिजिम नमानेको खण्डमा अरुसँग लागेको भन्दै अनावश्यक शंका गर्ने र हल्ला गरिदिने दिनरात ब्ल्याकमे’ल गरिदिँदा उनी केही नलागेर सधैजसो अश्लील हिं’सा’को शिकारमा पर्दै आइन् ।

नवलपरासी जिल्ला कावासोती घर भएकी संचिता बिक आफ्नी आठ वर्षीय सानी छोरीलाई लिएर सन्तोष देउजा कहाँ रुँदै आइपुगीन् । उनका श्रीमान आशीष भनिने पुष्प लाल विश्वकर्मा विगत तीन वर्षदेखि साउदीमा रोजगारीका क्रममा छन् ।

संचिताको माइती कास्की जिल्ला अन्नपूर्ण नगर पालिकामा पर्दछ । उनको पुष्पलालसँग मागी विवाह भएको हो । पुष्पलालले यसभन्दा अगाडि पनि बिहे गरिसकेको रहेछन् । दुई वर्ष पछि पहिलो बिहे असफल भएपश्चात उनले दोश्रो बिहेको रुपमा संचितालाई माग्न गएका रहेछन् तर कुन कुरा संचितालाई थाहा समेत दिइएन ।

आफ्नो हैसियतले भ्याउने जत्तिको बिहे गरियो संचिताको तर बिहे गरेर घरबाट त्यति टाढा गएकी संचिताको एकमात्र साहरा भनेको उनको श्रीमान नै थिए तर श्रीमानको कुनै पनि चाला ठीक रहेनछ । उनी साथीभाइसँग लागूऔ षधमा लागेर घरमा समेत उनलाई बेवास्ता गर्ने ढिलो आउने गर्न थाले ।

पोखरा देखि नवलपरासी भनेको टाढा को ठाउँ थियो जुन ठाउँ संचिता भन्छिन् मेरो हजुरबुबाले समेत टेक्नुभएको थिएन । संचिता जहिल्यै श्रीमानको बाटो कुरेर बस्ने गर्दथिन् साथीभाइ सँग लागेर उनी निकै ढिलो आउने गर्दथे ।

पुष्पलाल र संचिताको सम्बन्धमा बिस्तारै खटपट सुरु हुन थाल्यो । हुँदाहुँदा आफूले बाबुसमान मानेको आफ्नो भिनाजुलाई समेत शंकाको दृष्टिकोणले हेर्न थाले उनले ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब