नेपाल प्रहरीमा इतिहास रच्दै ‘मधेशकी छोरी’

  • जेठ १०, २०७९ | ७३१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपाल प्रहरीको एआईजीमा बढुवा सिफारिस भएकी डीआईजी पूजा सिंह जनपदबाट एआईजी बन्ने पहिलो महिला अधिकारी हुने भएकी छन् ।

११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी उनी हालका आईजीपी धीरजप्रताप सिंहको ब्याची हुन् । सोमबार गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सिंहसहित ५ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

प्राविधिकतर्फ भने डा. आशा सिंह र दुर्गा थापा एआईजी भइसकेका छन् । यसअघि जनपदतर्फ पार्वती थापा र विमला थापा डीआईजीसम्म भएका थिए ।

सिफारिस भएकाहरुविरुद्ध एक साताभित्र कुनै उजुरी नपरे र समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरे एआईजीमा बढुवा हुनेछन् । प्रजातन्त्र सेनानी केदारप्रसाद सिंहकी आफन्त सिंह मधेश मूलकी हुन् । हाल उनी वाग्मती प्रदेश प्रहरी कार्यालयको नेतृत्व गर्दै आएकी छन् ।

व्यावसायिक प्रहरीको छवि बनाएकी सिंहले प्रहरी उपरीक्षक हुँदा काभ्रे र तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हालेकी थिइन् ।

सिंह प्रहरी निरीक्षकमा महिलातर्फ खुला प्रतिस्पर्धामा पहिलो थिइन् । उनी महिलातर्फ सुडान मिसनमा पनि कमाण्डेडको रूपमा काम गरेकी थिइन् ।

बढुवा सिफारिस हुने अन्य डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य छन् । डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन् ।

यस्तै, बिसीले १ नम्बर प्रदेश प्रहरी कार्यालय र लोहनीले गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेका छन् । डीआईजी आचार्य प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत छन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब