महिलाकै सहयोगमा युवतीमाथि पालैपालो करणी, तीनजना पक्राउ

  • जेठ १७, २०७९ | ७४० पटक पढिएको | सीमा संदेश
alt

वीरगञ्ज, जेठ १७ गते । मानव बेचबिखन तथा जबर्जस्ती करणी सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी ९कार्की०, मोरङको कटहरी गाउँँपालिका–४ घर भई हाल पर्सा वीरगञ्ज –८ बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला जिल्ला हेमा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी छन्।

वीरगञ्ज–८ स्थित एउटा रेस्टुरामा काम गर्ने सुरजले जेठ ५ गते काठमाडौँकी २५ वर्षीया एक युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज ल्याएर बसपार्कस्थित एउटा होटलमा राति पटक–पटक करणी गरेको प्रहरीको आरोप छ।

जेठ १० गते लक्ष्मीले युवतीलाई विवाह गराइ दिन्छु भनेर झुक्याई हरिचन्द्रनाथको जिम्मा लगाएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार वीरगञ्ज–१६ फूलबारी टोलमा डेरा गरी बस्ने हरिचन्द्रनाथले युवतीलाई कोठामा लगि मानसिक र शारीरिक यातना दिई पटक–पटक जबर्जस्ती करणी गरेका थिए।

जेठ १४ गते राति ९ बजे पीडित युवती हरिचन्द्रको कोठाबाट भागेर आफन्तको सम्पर्कमा पुगेपश्चात घटना बाहिर आएको हो। युवतीको बयानपछि तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले तीनै जनालाई जबर्जस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान अघि बढाइएको जनाएको छ। रासस

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब