सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्ने सरकारको प्रतिबद्धता

  • जेठ २५, २०७९ | ६२३ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम तथा मानव बेचबिखन पूर्ण रुपमा उन्मूलन गर्ने नेपालको प्रतिबद्धता रहेको बताउनुभएको छ ।

स्वीट्जरल्यान्डकाे जेनेभामा चलिरहेको १ सय १०औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई भर्चुअल सम्बाेधन गर्दै मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मूलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नै नेपालले काम गरिरहेको समेत बताउनुभएको छ ।

कोरोना महामारीका कारण परेको असर कम हुँदै जाँदा नेपालको अर्थव्यवस्था बिस्तारै सुधार हुँदै जाने क्रममा रहेको तर उपभोग्य वस्तुको मूल्य बढेकोले श्रमिकको जीवनस्तर तथा उद्योगमा समेत असर पारेको उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठले नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औद्याेगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराउनुभएको थियो । नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडी बढाएको थियो ।

श्रमिक तथा उनीहरुको परिवारको कामसँग सम्बन्धित जोखिम न्यूनीकरण सम्बन्धमा सामाजिक सुरक्षा योजना महत्त्वपूर्ण कदम रहेको मन्त्री श्रेष्ठको दाबी छ । सीमान्तकृत तथा बेरोजगार नागरिकलाई सय दिन रोजगार दिने प्रधानमन्त्री रोजगार कार्यक्रमले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र महामारीमा रोजगारी गुमाएकालाई पनि केही मात्रामा राहत पुर्याएको मन्त्री श्रेष्ठले बताउनुभएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब