१० प्रतिशत सरकारी कर्मचारी हटाउने तयारी !

  • जेठ २६, २०७९ | ५०८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ ।

सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका कर्मचारीको दरबन्दी कटौती गर्न लागिएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सङ्घीय निजामती र अन्य सेवाका कर्मचारीको दरबन्दी १० प्रतिशतले कटौती गर्ने उल्लेख गरिएको छ ।

बजेटअनुसार सरकारले कर्मचारी कटौती गर्ने प्रक्रिया अगाडि बढाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले प्रशासनिक सेवालाई चुस्त दुरुस्त पारी प्रशासनिक सुधार गर्न कर्मचारी कटौती गर्नेगरी बजेटमा उल्लेख गरिएको बताए ।

उनका अनुसार थोरै कर्मचारी सङ्ख्या भए पनि सेवा सहज र प्रभावकारी हुने कार्यालयका अनावश्यक दरबन्दी कटौती हुनेछन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब