पूर्वपत्नीमाथि छुरा प्रहार

  • असार १, २०७९ | ६८८ पटक पढिएको | सीमा संदेश
alt

उदयपुर, १ असार। जिल्लाको त्रियुगा नगरपालिका १ का एक महिलालाई पूवर्तपतिले छुरारोपी घाइते बनाएको छ । त्रियुगा नगरपालिका १ फुलजोरकी सिर्जना राईलाई पूर्वपति कटारी नगरपालिका ६ रिस्कुका ४५ वर्षीय रामकुमार सुर्खेतीले छुरा रोपि घाइते बनाएको हो।

मंगलबार दिउँसो फुलजोर स्थित सिर्जनाको किराना पसलमा पुगेका पूर्वपति सुर्खेतीले सुरुमा झगडा गरेका थिए। त्यसपछि सिर्जनाको पेटमा छुरा रोपेको र आफूलाई पनि छुरा हानेको उदयपुरका प्रहरी नायव निरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

किराना पसलमा बसिरहेकी सहरमान राईकी श्रीमती ४३ वर्षीया सिर्जनालाई र आफूलाई पनि एक व्यक्तिले छुरा हानेको भन्दै प्रहरीलाई खबर पुगेको थियो।

प्रहरीले दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गाइघाटमा लगेको थियो। थप उपचारको लागि बिपि कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको डीएसपी आचार्यले बताए।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब