घाँटी थिचेर गौरीको हत्या, श्रीमान् र ससुरा पक्राउ

  • असार १०, २०७९ | ६४३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, असार १० गते । श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले आफ्नै श्रीमान् र ससुरालाई पक्राउ गरेको छ ।

धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीकी बस्ने रामचन्द्र मण्डल खत्वेकी ३५ वर्षीया श्रीमती श्रीमती गौरी देवी मण्डलको घाँटी थिचेर हत्या भएको थियो ।

घटना पश्चात फारर श्रीमान र ससुरा ८ महिना पश्चात पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा श्रीमान रामचन्द्र मण्डल खत्वे र उनका बुवा अर्थात् मृतककी ससुरा सहदेव मण्डल खत्वे रहेका छन् ।

सिरहाको गोलबजार नगरपालिका–५ बस्ने मुनेश्वर मण्डलको श्रीमती तेतरी देवी मण्डल (मृतकको आमा) ले रामचन्द्रलाई विपक्षी बनाइ ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शीर्षकमा ईलाका प्रहरी कार्यालय यदुकुहामा जाहेरी दरखास्त दिएकी थिइन् ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा भारतको लदनिया थाना (पञ्चायत) तेनुवाही गाउँमा लुकीछिपी बसिरहेको भन्ने सूचना प्राप्त गरेको थियो ।

बुधबार उनीहरू भारततर्फबाट सिरहाको वरियारपट्टी गाउँपालिका–३ वरियारपट्टी चौकतर्फ हिँड्डुल गर्दै आइरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका उनीहरू दुवै जनालाई जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब